विवाहको एक महिनाभित्र महिलाको रहस्यमय मृत्यु

IMG-20230528-WA0320-5-300x172-11

सिलगढीः विवाहको एक महिनाभित्र महिलाले घॉंटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। घटना सिलगढी नगर निगमको एक नम्बर वार्डको पंचानन कलोनीको हो। मृतकको नाम चांदनी हो।

जानकारी अनुसार, एक नम्बर वार्ड अन्तर्गत पञ्चानन कलोनी निवासी शुभंकर भट्टाचार्यको विवाह ४६ नम्बर वार्डकी चांनदीसॅंग यसै महिना भएको थियो। आइतवार दिउॅंसो उनको शव झुण्डिरहेको अवस्थामा भेटियो। परिवारले यसको सूचना पुलिसलाई दिए। पुलिसले शव पोस्टमार्टमको निम्ति पठाएको छ। विवाहिताको रहस्यमयी मृत्युको घटनाले क्षेत्रमा सनसनी मचिएको छ। पुलिसले हत्या र आत्महत्या, दुवै एंगलले जॉंच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement