डीएचआरको तीनधारेस्थित कारखानामा रेलवे कर्मचारीको विदाई समारोह

IMG-20230730-WA0311.jpg

खरसाङ: दार्जिलिङ हिमालयन रेलवे अन्तर्गत तीनधारेको रेलवे कारखानामा दुईजना कर्मचारीको बिदाई कार्यक्रम कारखाना फोरमेन शितान्शु विश्वास‌को अध्यक्षतामा सम्पन्न भएको छ। आयोजकले प्रमुख अतिथिको रूपमा दुईना बिदाई कर्मचारी सिनिय सेक्शन ईञ्जिनियर जोहन मार्शल लेप्चा र सिनियर क्लर्क कुमार भुजेल रहेका थिए।
उक्त दिनको कार्यक्रममा कारखानाका कर्मचारीवर्ग सबैको उपस्थिति रहेको थियो। दुईजना बिदाई कर्मचारीहरूलाई कार्यक्रममा खदार्पणसहित उपहार प्रदान गरिएको छ। सिनियर सेक्शन ईञ्जिनियर जोहन मार्शल लेप्चा १८ फरवरी १९८५ को दिन तीनधारेस्थित रेलवे कारखानामा एक ग्रुप डी (खाली) पदमा नियुक्ती भएका थिए र पदोन्नति हुँदै सिनियर सेक्शन ईञ्जिनियर पदमा पुगेर साठी वर्ष आफ्नो उमेर पुगेर २७ जुलाई २०२३ को दिन अवकाश ग्रहण भएका हुन्। त्यसरी नै कुमार भुजेल २५ जुलाई १९८५ को दिन उक्त कारखानाम ग्रुप डी पदमा नियुक्ती भएर सिनियर क्लर्क पद‌मा पदोन्नति बनेर २७ जुलाई २०२३ को दिन अवकाश ग्रहण भएका हुन्। कार्यक्रममा वक्तव्यको क्रममा जोहन लेप्चा, कुमार भुलेलले भने कि प्राय: ३० वर्ष यस तीनधारको कारखानामा नोकरी पाई रेलको सेवा गर्ने अवसर पाएर यति धेरै वर्षसम्म काम गर्नु पाउनु हाम्रो भाग्य राम्रो रहेको ३० वर्ष हामी सबै गए तीनधारेको कारखानामा एकसाथ काम गर्दा एउटै परिवार जस्तै भएका थियौं। विशेष हाम्रो समयमा तीन र कोचहरूको निर्माण गर्न कतिपल्ट त्रुटि भयो होला। त्यसलाई मन‌मा नराख्ने, यो कारखानाको कामले मान-मर्यादा सम्मान दियो भनी बताएका छन्।

कार्यक्रमको सञ्चालन रेल कर्मचारी कुन्दन माझीले गरेका थिए। कार्यक्रमको अन्त्यमा उक्त कार्यक्रमको अध्यक्ष शितांशु विश्वासले बिदाई दुवै सिनियर कर्मचारीहरू एकदम काम जानेको सिपालु थिए भन्दै अब अवकासप्राप्त जीवन सुखमय, शान्तिमय, निरोगी बनी परिवारसित खुशी जीवन बितोस् भनी कामना गरेका छन्। उनले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए भनी तीनधारेबाट रेलवे कर्मचारी नरेन बम्जनले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement