खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमाको सभा कंल सिरवालको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा विभिन्न क्षेत्रका शाखाहरूका पदाधिकारीहरू विशेष गरेर सभापति सचिवहरू उपस्थि रहेका थिए। विशेष गरी भारतीय नेपाली अनुसूचित जाति संघले शाखा पसौं अभियान चलाएर विभिन्न शाखाहरूमा गएर भेटघाट गरेपछि अाज खरसाङमा २२ वटा शाखाहरूलाई लिएर सभा गरेको बताइएको छ। उक्त सभामा पश्चिम बंगाल सरकार अधीनस्थ रहेका विभिन्न विभागहरूमा रहेका सहुलियतहरू विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै नेपाली अनुसूचित जातिको विभिन्न हक र अधिकारको विषयमा पनि चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। यसै सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिमा मुख्य सल्लाहकारको रूपमा सुरज नौवाग, उपाध्यक्षाको रूपमा प्रकाश सेवा र सुष्मा सिंह, प्रचार प्रसार सचिवको रूपमा दिपेन सेवालाई चयन गरिएको छ। सभामा सचिव प्रणय रोका, सह सचिव विपन विश्वकर्म, सदस्या सिमा रसाईली, घैयाबारीको शाखाबाट ज्योति मुखिया अादि उपस्थित रहेका थिए। सभापछि पत्रकार भेला बोलाएर अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोकाले विस्तृत रूपमा जानकारी गराएका छन्।