जोरथाङमा प्रदेश भाजपाको दक्षिण-पश्चिम जोनल कार्यालयको उद्घाटन

IMG-20230730-WA0348.jpg

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम एकाईको एउटा क्षेत्रीय कार्यालयको आज दक्षिण सिक्किमको जोरथाङ बजारमा उद्घाटन गरियो। प्रदेश अध्यक्ष तथा विधायक डीआर थापाले कार्यालयको विधिवत उद्घाटन गरे। यस अवसरमा छोटो सम्बोधन राख्दै विधायक थापाले यस कार्यालयले जोरथाङ तथा दक्षिण सिक्किममा भारतीय जनता पार्टीको साङ्गठनिक विस्तारमा थप बल पुग्ने आशा व्यक्त गरे।

कार्यालय उद्घाटनको कार्यक्रमपछि स्थानीय सामुदायिक भवनमा नयाँ सदस्यहरूको सामेल कार्यक्रम पनि आयोजना गरिएको थियो जसमा भारतीय जनता पार्टीका सिक्किम राज्य प्रभारी डा. दिलीप जयसवालको पनि विशेष उपस्थिति रहेको थियो। यसरी नै अन्यहरूका साथमा प्रदेश अध्यक्ष डीआर थापा र विधायकद्वय केबी राई र वाइटी लेप्चाले पनि कार्यक्रममा उपस्थिति जनाएका थिए। यस अवसरमा राज्यका विभिन्न स्थानबाट ७६ जनाले भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरे जसलाई प्रदेश प्रभारी र प्रदेश अध्यक्षले पार्टिमा स्वागत जनाए।

सामेल कार्यक्रम राज्यका विभिन्न क्षेत्रबाट निक्कै ठूलो सङ्ख्यामा भाजपा कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो। उक्त भिड़लाई राज्य प्रभारी र प्रदेश अध्यक्षलगायत सिमन राई, डा. मीरा अङ्गमु भोटिया, डीआर गिरी, पहलमान कामी, आदेन लेप्चा. डा. कमल गुरुङ र अर्जुन राईले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement