सोनादा: दैनिक रूपमा ४००-५०० रुपियाँमा लेवर काम गर्ने युवाहरू मिलेर जीर्णावस्थामा पुगेको रोड मरमत्तिको कार्य गरिरहेका छन्। दैनिक रोजीमा काम गर्नेुयुवाहरूले आफै पैसा सकंलन गरेर सोनादादेखि मुण्डा रंगमुक सिडर्स जाने रोडको मरमत्ति कार्य गरेका छन्। उक्त रोडको सोनादाको नाली चउर क्षेत्रमा अप्पर पचेङको डिभाइन ग्रुपका सदस्यहरू मिलेर आज पनि मरमति कार्य गरेका छन्। उक्त ग्रुपका बेरोजगार युवाहरू मिलेर आफ्नै खर्चमा उक्त रोडको मरमति गरेको बताइएको छ। स्मरण रहोस्, गत केही महिना अघि जीटीएद्वारा उक्त रोडको मरमति थियो। हाल उक्त रोड जीर्णावस्थामा रहेकोले गर्दा गाउँलेहरूलाई उक्त सडक भएर आवतजावत गर्न साथै चालकहरूलाई वाहन चलाउन धेरै असुविधा भइरहेको थियो। यसैले केही समय अघि जस्तै आज पनि स्थानीय बेरोजगार युवाहरूको पहलमा उक्त सडकको मरमति गरिएको छ। उक्त रोडको मरमत्ति कार्य डिभाइन समूहका ग्रुपले मिलेर गरिरहेका छन्। यस समूहले सोनादादेखि इन्टेकसम्म पुग्ने रोडको जहाँ जहाँ भत्केको त्यहाँ त्यहाँ मरमत्ति गरिने भएको छ तर त्यसको सबैको साथ र सहयोगद्वारा नै मरमत्ति हुने भएको छ। तर य समूहमा कुनै पदमा रहेका छैनन् अनि सबैजना जनताको सेवक बनेर काम गर्नलाई अघि आएको अनि रोडको मरमत्ति पनि गरिएको बताएका छन्। सबैके साथ र सहयोग भएको खण्डमा सोनादादेखि इन्टेकसम्म नै मरमत्ति गरिने भएको बताइएको छ। विशेष गरेर यो रोडको मरमत्तिको लागि पैसा नै सहयोग गर्नुपर्छ भन्ने होइन तर शारीरिक रूपमा उपस्थिति दिएर सहयोग गर्न सकिने साथै रोडको लागि बलुवा, गिटी, सिमेन्ट, ढुंगा पनि दिन सकिने जनाइएको छ।

यस रोड मरमत्तिको लागि आफ्नो सुविधा अनुसार जस्तो तरिकाले सहयोग गर्दा पनि सकिने बताएका छन्। यस रोड मरमत्ति विषयमा पत्रकारहरूसित कुराकानी गर्दा डिभाइन ग्रुपका सदस्य पवन गुरुङले यो मरमत्तिको कार्य डिभाइन समूहका युवाहरूले गरेको बताउँदै बेकारी युवाहरूले पैसा साथै उपस्थिति दिएर कार्य गरिरहेको बताएका छन्। उनले सबैको सहयोग र साथ भए सोनादादेखि इन्टेकसम्म नै भत्किएको ठाउँतिर मरमत्ति गरिने बताएका छन्। त्यसरी नै मणि तामाङले हामी डिभाइन् ग्रुपका सदस्यहरू साथै दैनिक हाजिरामा काम गर्ने युवाहरू रहेको र दैनिक ४००-५०० रुपियाँमा काम गरेर हप्ताभरिको पैसा संकलन गरेर रोडको मरमत्ति गरिरहेको बताएका छन्। उनले यस बाटोको मरमत्ति गर्ने कार्य तीन हप्ता भयो र अझैं पनि पैसा संकलन गरेर मरमत्ति गरिने बताएका छन्।