टीएमसीपी कार्यालायमा आगलागी

IMG-20230528-WA0320-5-300x172-11

कुचबिहारः आगो लाग्दा तृणमूल छात्र परिषद (टीएमसीपी) को ब्लक कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटना आइतवार दिउँसो घटेको हो। जानकारी अनुसार आज दिउँसो टीएमसीपी ब्लक कार्यालयबाट धुआँ निस्केको देखियो। हेर्दा हेर्दै आगोले डरलाग्दो रूप लियो। सूचना पाएर अग्निशमन विभागका कर्मीहरूले घटनास्थलमा पुगेर आगो निभाए। यद्यपि, यस अवधि कार्यालयमा राखिएको दस्तावेज जलेर खरानी भयो। टीएमसीपी नेता सायनदीप गोस्वामीले भने, आगोमा कार्यालयको एउटा कम्प्यूटर र धेरै महत्वपूर्ण दस्तावेज जलेको छ। आगो सटसर्किटको कारण लागेको हुनसक्छ। यद्यपि, षड़यन्त्रको आशंकालाई खारेज गर्न मिल्दैन। मामिलाको जाँच जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement