प्रतिबन्धित मादक पदार्थको कालो कारोबारी गरने महिला पक्राउ

IMG_20220703_195933.jpg

सिलगढ़ी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रधान नगर थाना पुलिसले, कल्पना राय (३६) नामको, प्रतिबन्धित मादक पदार्थको कालो कारोबारी गरने एक महिलालाई शनिवार अबेर राति उसको घरबाट पक्राउ गरेको छ।

प्राप्त जानकारी अनुसार, कल्पना रायले प्रधान नगर अन्तर्गत हिमकोर्स भवनस्थित आफ्नो घरबाट प्रतिबन्धित कफ सिरफको कालो कारोबार गरिरहेकी थिइन्। घरबाट चलिरहेको यस व्यापारबारे कसैलाई थाहा थिएन। यसबीच यसको सुइँको एसओजीलाई लाग्यो। जसपछि हिजो राति एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त रूपमा कल्पना रायको घरमा अभियान चलायो। अभियान चलाएको समय कल्पनाको घरबाट भारी मात्रामा प्रतिबन्धित कफ सिरफ उद्धार भयो। जसपछि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी उसलाई पक्राउ गरियो। प्रधान नगर थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement