सड़क दुर्घटनामा युवकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-11

जलपाइगढीः सड़क दुर्घटनामा एक युवकको मृत्यु भएको छ। घटना जिल्लाको मटेली ब्लकमा घटेको हो। मृतक युवकको नाम हसीफुल मोहम्मद हो। २६ वर्षीय युवक मटेली ब्लकको उत्तर धुपझोडाको गोबिन पारा निवासी थिए। मटेली थाना पुलिसले आइतवार पोस्टमार्टमको निम्ति शव जलपाइगढी सदर अस्पताल पठाएको छ। जानकारी अनुसार, गए राति युवक मूर्ति जाने रोड छेउमा बसेका थिए। त्यही समय एउटा कारले युवकलाई टिक्कर माऱ्यो र उनी गम्भीर रूपमा घाइते भए।

घाइते युवकलाई स्थानीय मानिसहरूले चालसाको मंगलबाडी ग्रामीण अस्पताल लिएर गए, जहॉं चिकित्सकले उसलाई मृत घोषित गरिदियो। पुलिस आरोपित कार चालकको खोजीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement