पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्य भेन्टिलेटरमा

pjimage-2020-12-09T172955.910-1024x683.jpg

कोलकाताः बायलेटरल निमोनियाद्वारा ग्रस्त पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्यलाई भेन्टिलेटरमा राखिएको छ। उनलाई गए शनिवार अपरान्ह अलिपुरको वुडल्याण्ड अस्पतालमा भर्ती गराइको थियो। उनलाई रातभरि आठ चिकित्सकहरूको टीमले निगरानी गरे। उनलाई ‘मिक्स्ड रेस्पिरेट्री फेलियर’ भएको छ।

दुई वर्षअघि कोरोना सङ्क्रमित भएको कारणले उनलाई अस्पतालमा भेन्टिलेटरमा राख्न परेको थियो। त्यसबेलादेखि नै उनको फोक्सोमा सङ्क्रमण भएको थियो। अस्पतालका एकजना चिकित्सकले आइतवार बिहान बताए, पूर्व मुख्यमन्त्रीलाई श्वास-प्रश्वासमा समस्या भइरहेको छ। वृद्धावस्थाको रोगले पीड़ित भट्टचार्यको घरमै लामो समयदेखिको उपचार भइरहेको छ। बालीगञ्जको पाम एभेन्यूस्थित आवासमा शनिवार बिहान उनको स्वास्थ्य खराब भएपछि चिकित्सकहरूको परामर्श अनुरूप अपरान्ह ग्रीन कोरिडर बनाएर अलिपुरको वुडल्याण्ड अस्पतालमा उनलाई भर्ती गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement