खरसाङ टेबल टेनिस एसोसिएशन गठन

IMG-20230730-WA0305.jpg

खरसाङ: खरसाङ क्षेत्रमा टेबल टेनिस खेलको संरक्षण र युवाहरूलाई यस खेलप्रति आकर्षण बढ़ाउनलाई खरसाङमा एक संगठन गठन गरिएको छ। उक्त संगठनको नाम खरसाङ टेबल टेनिस एसोसिएशन भनी नामकरण गरिएको छ। उक्त संगठन गठनको लागि खरसाङको पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा एक सभा सम्पन्न भएको छ। उक्त सभामा टेबल टेनिससित सम्बन्धित खेलाडीहरू र यस खेलसित रूची राख्ने व्यक्तिहरू उपस्थित रहेका थिए। यसै सभामा खरसाङ टेबल टेनिस एसोसिएशन गठन गरिएको छ। उक्त एसोसिएशनको सभापतिमा उत्तमचन्द्र प्रधान, कार्यकारी सभापति अश्विनी अग्रवाल र स्रिजा प्रधान, उप सभापति पेमेन्द्र गुरुङ, गौतम छेत्री, सचिव बिमल मुखिया, रामकुमार प्रधान र बीरेन्द्र राई चयन भएका छन्। त्यसरी नै कोषाध्यक्ष राजु लामा र सुवास योञ्जन, सल्लाहकारमा शंकर रावत, पंकज अग्रवाल, उत्तम प्रधान, लामबर्ट सिंह आदि चयन भएका छन्। उक्त एसोसिएशन गठन गर्नुको मुख्य उद्देश्य टेबल टेनिस खेलको संरक्षण गर्नु र अहिलेको युवा पिँढीमा यस खेलप्रति आकर्षण बढाउनु रहेको सचिव रामकुमार प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement