आईटीबीपीद्वारा अमरनाथका यात्रीहरुलाई अक्सिजन सहायता प्रदान  

Amarnth-Rescue-operation

   नयाँ दिल्ली: रेक्स्यू अभियानहरूमा माहिर पर्वत प्रशिक्षित बल भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) ले अमरनाथ यात्रा-२०२२ को सुरक्षा ड्यूटीका साथै यात्रा अवधि उच्च उचाई क्षेत्रहरूमा यात्रीहरूलाई अक्सिजन सहायता पनि प्रदान गरिरहेको छ। आईटीबीपीका प्रवक्ता विवेक पाण्डेयअनुसार २ जुलाईसम्म आईटीबीपीले ५० भन्दा धेर यात्रीलाई अक्सिजन सहायता प्रदान गरेको छ। उनीहरू अक्सिजनको आवश्यकताका कारण बिमार महसूस गरिरहेका थिए। यात्रा मार्गमा शेषनाग (१२३२४फुट) देखि महागुन टप (१४००० फुट) सम्म आईटीबीपीका जवानहरूको आवागमन भइरहन्छ, जहाँ यात्रीहरूमा सास फूलिने र उचाईको प्रभावको यस्तो मामिला देखिॅंदैछ।

आईटीबीपीका जवानहरूलाई यस्ता यात्रीहरूको देखरेख गर्न लगाइएको छ। आईटीबीपीले आफ्नो चिकित्सा सहायता प्रणालीलाई हाई अलर्टमा राखेको छ, किनकि केही यात्रीहरूमा यस्ता लक्षण अचानक देखिॅंदैछ। आईटीबीपीका मेडिक्स अक्सिजन सिलेण्डरको साथमा छन् र खॉंचोमा रहेका तीर्थयात्रीहरूलाई अक्सिजन प्रदान गरिरहेका छन्। उनीहरूको ब्लड प्रेशर पनि चेक गरिॅंदैछ। आईटीबीपीले वर्षौंदेखि यात्रा अवधि यस्तो सहायता प्रदान गर्दै आएको छ। सन् २०१९ मा पनि आईटीबीपीका जवानहरूले खतरनाक पैह्रो सम्भावित क्षेत्रहरू पार गर्न यात्रीहरूलाई सुविधा प्रदान गरेका थिए। आईटीबीपीले त्यो साल पनि सयौं यात्रीहरूलाई अक्सिजन सहायता प्रदान गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement