नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘मन की बात’ कार्यक्रममा ‘मेरो माटो, मेरो देश’ अभियानसित जोड़िने अपील गर्दै भने, ‘यसको उद्देश्य शहीद वीर-वीरङ्गनाहरूलाई सम्मान दिनु हो। गत वर्षको १५ अगस्तमा उनले ‘पञ्च प्रण’–को कुरा गरेका थिए। ‘मेरो माटो, मेरो देश’ अभियानमा भाग लिएर हामी यी पञ्च प्राणलाई पूरा गर्ने शपथ ग्रहण गरौंl’ उनले भने, ‘देशवासीले पवित्र माटोलाई हातमा लिएर शपथ लिँदै कैद गरेको आफ्नो सेल्फीलाई yova.gov.in –मा अपलोड गर्न सक्नेछन्l’ उनले यसपालि पनि ‘हर घर तिरङ्गा’ अभियानको लागि एकजुट हुने र तिरङ्गा फहराउने अपील गरे।
प्रधानमन्त्रीले मासिक रेडियो कार्यक्रमको १०३औं एपिसोडमा भने, ‘मेरो माटो, मेरो देश’ अन्तर्गत देशभरि नै अमर बलिदानीहरूको स्मृतिमा अनेकौं कार्यक्रम आयोजना हुनेछ। यी विभूतीहरूको स्मृतिमा देशका लाखौं ग्राम पञ्चायतहरूमा विशेष-शिलालेखपनि स्थापना गरिनेछ। यस अभियान अन्तर्गत देशभरि नै ‘अमृत कलश’ यात्रा निकालिनेछl’ सम्पूर्ण देशको गाउँ-गाउँबाट मानिसहरू माटो लिएर अमृत कलश यात्रा गर्दै देशको राजधानी दिल्ली आइपुग्नेछन्। यात्राले आफूसित देशका विभिन्न भागहरूबाट बिरूवा पनि लिएर आउनेछ। कलश यात्राले ल्याएको माटोलाई बिरूवासित मिलाएर फेरि राष्ट्रिय युद्ध स्मारक नजिक ‘अमृत वाटिका’ निर्माण गरिनेछ। यो अमृत वाटिका ‘एक भारत, श्रेष्ठ भारत’- को अत्यन्त भव्य प्रतीक बन्नेछ।