खरसाङ: खरसाङ बजारदेखि लगभग तीन किलो मीटर मुनि रहेको गौरी शंकर चियाबारीस्थित आई लभ खरसाङ परिसरमा स्थानीय युवाहरूलाई चिया पनि बिक्री गर्न नदिएको भन्दै बौध्द धर्म गुरु एंव भाजपा नेता पेम्बा रिम्पोर्छेलाई स्थानीय युवाहरूले गुहार लगाएका छन्। स्थानीय युवाहरूले बोलाएपछि भाजपा नेता पेम्बा रिपोर्छेले आई लभ खरसाङ क्षेत्रको भ्रमण गरी त्यहाँको स्थानीय युवाहरूसित पनि भेटघाट गरेका थिए। यसै क्रममा उनलाई स्थानीय युवाहरूले आई लभ खरसाङ परिसरलाई संरक्षण राखेको अनि यहाँ दैनिक रूपमा धेरै पर्यटकहरू आउने गरेको कारणले यहाँ रोजगारको अवसर पाईरहेको साथै यहाँ गाउँका बेरोजगार युवाहरूले केही गरेर खान सक्ने सम्भावना रहेको थियो। तर केही दिनदेखि यता चिया बिक्री गर्दा पनि कम्पनीले चौकीदार लगाएर खेद्ने गरेको र केही काम गर्न नदिएको जानकारी युवाहरूले पेम्बा रिम्पोर्छे समक्ष राखेका थिए। उनीहरूले रिम्पोर्छे समक्ष कम्पनीले यहाँ टी हाउस बनाउने र यहाँ कसैलाई चिया बिक्री गर्न नदिएको जानकारी पनि गराएका छन्। युवाहरूका समस्या सुनेपछि भाजपा नेता पेम्बा रिम्पोर्छेले हाम्रो नानीहरू दिन प्रतिदिन पलायन हुनु पर्दैछ भनी बताउँदै आई लभ खरसाङ लेखेको स्थानमा स्थानीय युवाहरूलाई चिया बिक्री गर्नु नदिएर बाहिरबाट आएको कम्पनीलाई टी हाउस खोल्न दिनु भनेको स्थानीहरूलाई साह्रै अत्यचार गर्नु हो भनी बताएका छन्। उनले बाहिरको कम्पनी आएर टी हाउस खोल्न पाउनु तर यहीको स्थानीय युवाहरूले टुरिस्टहरूलाई चिया बिक्री गरेर रोजगार गर्नु नपाउनु य साह्रै भएन भन्दै स्थानीय व्यवस्थालाई कटाक्ष गरेका छन्। उनले यहाँ स्थानीय युवाहरूले फ्लासमा चिया बिक्री गर्दा पनि कम्पनीले चौकीदार लगाएर खेद्नु भनेको साह्रै अत्याचार हो भनी बताएका छन्। उनले यो साह्रै दु:खको कुरा हो भन्दै यसको लागि म के गर्न सक्छु म सहयोग गर्नेछु आश्वासन दिएका छन्। उनले यस विषयमा पत्रचारहरू पनि गर्ने र यसको लागि सबै युवाहरू एक भएर बस्ने आह्वान् गरेका छन्।