तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

IMG-20230730-WA0229.jpg

सिलगढी: सिलगढी नजिकैको फाँसीदेवा ब्लकको रानीडांगा क्षेत्रमा तेल ट्याङ्करसँग बाइक ठोक्किएको छ। घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। पुलिस र स्थानीयले उनलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाए। आइतबार मेडिकल जंक्शनबाट एक तेल ट्याङ्कर रंगपानी जाँदै थियो। सोही क्रममा फाँसीदेवाबाट एक व्यक्ति मोटरसाइकलमा काम गर्न जाँदै थिए। सोही क्रममा रानीडांगा नजिक पुगेपछि विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको थियो। घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। स्थानीयले मोटरसाइकल चालकलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज पठाएका थिए। यससँगै फाँसीदेवा पुलिस थानाले ट्याङ्करलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement