साइकल र मोटर साइकल ठोकिंदा दुई जना घाइते

IMG-20230730-WA0135.jpg

जलपाइगढी: मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटना शनिबार राति जलपाइगढी जिल्लाको धुपगढी सहरको रजिस्ट्री कार्यालय नजिकै भएको क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार तीव्र गतिमा आएको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको हो। घटनापछि स्थानीयले घाइते दुवैलाई धुपगढी ग्रामीण अस्पतालमा भर्ना गरेका थिए भने दुर्घटनाको खबर पाएलगत्तै धुपगढी पुलिस अस्पताल पुगेको थियो।

पुलिस स्रोतका अनुसार घाइते हुनेमा धुपगढी नगरपालिकाको वडा नम्बर २ का शिव बर्मन र वडा नम्बर ७ का आशिष सरकार रहेका छन्। दुवैको अवस्था बिग्रिएपछि उनीहरूलाई जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा रिफर गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement