भ्रष्टाचारी र तस्करीविरुद्ध आक्रामक बन्ने नेपालका प्रधानमन्त्री प्रचण्डको उद्घोष

00-1-Nepal-PM-Pushpa-Kamal-Dahal-Prachanda-1

काठमाडौं: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र तस्करीविरुद्ध आक्रामक बन्ने उद्घोष गरेका छन्। उनले आइतबार काठमाडौंमा बोल्दै आफूले भ्रष्टाचार र तस्करीविरुद्ध कठोर कदम चाल्दा नेपाली जनताको साथ पाएको समेत बताए। प्रचण्डले भने, ‘भ्रष्टाचार वा तस्करीका विरुद्ध जेहाद छेडिदैछ। यो कदम यही रोकिदै ।उनले भ्रष्टाचार विरोधी अभियानलाई लडाईंको संज्ञा दिए। भ्रष्टाचार र ठूला अपराधमा प्रचण्ड सरकारले पूर्वमन्त्रीलगायत उच्चपदस्य कर्मचारीलाई धमाधम पक्राउ गररहँदा प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको हो। पछिल्लो समय एक सय केजी सुन तस्करीका क्रममा बरामद हुँदा विपक्षी नेकपा एमालेले सरकारका मन्त्रीहरुमाथि संलग्नताको आरोप लगाइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिलाई राजनीतिक स्टण्ट भनिरहेका छन्। प्रचण्डले आफ्नो कदम कुनै हालतमा राजनीतिक स्टण्ट नभई भ्रष्टाचारविरुद्धको ब्याटल भने। उनले भने, ‘आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको ब्याटल जितिन्छ। नेपालमा प्रचण्ड सरकारले जग्गा प्रकरणमा अरबौंको घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरणमा दशौं करोड ठगी, सुन तस्करीलगायतका घटनाको अनुसन्धान बढाएको छ। यो कदमले राजनीतिक तरंग नै ल्याएको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement