खरसाङ: नयाँ पिढीमा टेबल टेनिस खेलको लोकप्रियता बढाउन साथै युवा वर्गमा सकारात्मक विकासका लागि आइतबार (२९ जुलाई) खरसाङ टेबल टेनिस एसोसिएसन (केटीटीए) गठन गरिएको छl यसको लागि आइतबार खरसाङको पार्क लोकेशन स्थित सार्वजनिक भवनमा सभा सम्पन्न भएको थियोl सो सभामा खरसाङमा खेलकुद्को विकास बारेमा विभिन्न चर्चा-परिचर्चा गरियोl यस सभामा खरसाङका पुराना खप्पिस टेबल टेनिस खेलाडीहरूको सहभागिता रहेको थियोl खरसाङमा पहिलाको जस्तै टेबल टेनिसको लोकप्रियता बढाउने बारेमा चर्चा गरियोl यसको लागि सभामा केटीटीए गठन गर्ने निर्णय लियोl सभामा केटीटीएका पदाधिकारीहरू यसप्रकारले चयन गरिएको छ: अध्यक्ष उत्तम चन्द्र प्रधान, उपाध्यक्षद्वय पेमेन्द्र गुरुङ र गौतम छेत्री, सचिव विमल मुखिया, सह-सचिवद्वय रामकुमार प्रधान र विरेन्द्र राई, कार्यवाहक अध्यक्षद्वय अश्विनी अग्रवाल र सृजा प्रधान, कोषाध्यक्ष राजु लामा रहेका छन्l यस कमिटीमा शंकर राउत, पंकज अग्रवाल, उत्तम प्रधान र ल्याम्बर्ट सिंह सल्लाहकार रहेका छन्l