पानी पोखरीबाट एक व्यक्तिको मृतदेह उद्धार

IMG-20230730-WA0206.jpg

राजगञ्ज: एकजना व्यक्तिको लाश पानी पोखरीबाट उद्धार गरिएको घटना राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत बेलाकोवाको मुरगीभिटा इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम धलु राय (५९) बताइएको छ। प्राप्त जानकारी अनुसार प्रतिदिन झैँ हिजो साँझ पनि तिनी माछा मार्नको लागि गएका थिए। रात परिसक्दा पनि तिनी घर फर्किन आएपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन यसपछि आज बिहान घर नजिकैको एउटा जलाशयबाट उक्त व्यक्तिको शव उद्धार भएको बताइएको छ।

घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement