गोरुबथान (महेश्वर प्रधान): आज सजिव अधिकारीको वासस्थानमा गोरुबथानका विभिन्न स्थानहरुबाट विभिन्न दल त्यागी हिल तृणमूल कांग्रेसमा सामेल भएको छन्। माल बस्ती, सोमबारे बजार, छोटा फागु, आहाले बस्ती, सिमसारेबाट १६ परिवार हिल तृणमूल कांग्रेसमा सामेल भएका छन्। गोरुबथान खण्ड हिल तृणमूल कांग्रेस महासचिव सजिव अधिकारीले सबै सबैलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। यसरी तृणमूल सामेल हुनेहरुमा क्रमैले सोमबारे बजारबाट मनोज तामाङ, बिपन मोक्तान, अवेस प्रधान, बिनय राई, प्रणय थापा, माल बस्तीबाट कृपण छेत्री र जितेन छेत्री, छोटा फागु बाट इला कवार, सिमन उरावँ, बार्गी खडिया, आहाले बस्ती बाट मन्जित राई, नबिन प्रधान, सागर सार्की, प्रणय प्रधान, सिमसारेबाट शरण प्रधान रहेका छन्। सजिव अधिकारीले सबैलाई स्वागत जनाउँदै सबै मिलेर गोरुबथानको उन्नतिको निम्ति काम गर्ने पनि बताए।