युद्धबिर उच्चत्तर माध्यमिक विद्यालयलाई सेनिटेरी नेप्किन मसिन प्रदान

IMG-20220703-WA0149.jpg

गोरुबथान: गोरुबथानको सबैभन्दा पुरानो र वृहत विद्यालय हो युद्धवीर उच्चतर माध्यमिक विद्यालय। यस विद्यालयमा टाडा टाडाबाट विद्यार्थीहरू पढ्न आउने गर्छन्। धेरै छात्राहरू चियाकमान, बनबस्ती, बजारबाट शिक्षार्जन गर्न आउने गर्छन्। तर छात्रा विद्यार्थीको लागि सेनिटेरी नेप्किन प्याड मसिन नहुनाले समस्या झेल्न परिरहेको थियो। यस्तो समस्याबारे प्रधान अध्यापक सन्जय बराईलीले सम्बन्धित विभागलाई अनुरोध गरेका थिए। यसै बीचमा जलपाइगढी जिल्लाका मेन्टर अमरनाथ झाँको सतप्रयासमा जलपाइगढी जिल्लाको एक गैरसरकारी संस्था आसार आलो सदस्यगणसित मिलेर आज गोरुबथान युद्धवीर उच्चतर माध्यमिक विद्यालयलाई एक सेनिटेरी नेप्किन मसिन प्रधान अध्यापक सन्जय बराईलीलाई प्रदान गरे। संस्थाको तर्फबाट सो मेसिनको प्रयोगबारे विस्तारमा छात्राहरूलाई जानकारी पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement