कोविड़ भारत: कोरोनाको १,४६७ सक्रिय मामिला

IMG-20230530-WA0286.jpg

कोरोनाकाे ४१ नयाँ मामिला, १ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९५,६२९ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले केरलामा १ जनाको मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९१७ पुगेको छ। यसरी नै यस अवधिमा ३७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६२,२४५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,४६७ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १३,३५२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,३७,९४,३७० जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४७५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,५२,७४८ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement