केजीएसएचएको आयोजनामा एक दिवसीय टेबल प्रतियोगिता (फोटो फिचर)      

00-1-A-TT-1

खरसाङ: खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसन (केजीएसएचए)को आयोजनामा आज यहाँको सन्त अल्फन्सस स्कूलको हलमा एक दिवसीय जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भइरहेको छl यस प्रतियोगितामा १०३ जना प्रतियोगीहरुले भाग लिइरहेको केजीएसचएक सचिव निर्मल गुरुङले बताएका छन्l मेन्स, बोइज, र गर्ल्स तीनवटा वर्गमा प्रतियोगिता आज बिहान ९ बजेदेखि शुरु भएको छl दार्जीलिङ जिल्ला लगायत कालेबुङ जिल्लाबाट पनि खेलाडीहरू आएका छन्l नयाँ साथै पुराना खप्पिस टेबल टेनिस खेलाडीहरुको निक्कै रमाइलो जमघट भइरहेको छl सबै खेलाडीहरु निक्कै उत्साहपूर्वक खेलिरहेका छन्l

यता खरसाङमा हिजै मात्र नयाँ पिढीमा टेबल टेनिसको लोकप्रियता बढाउन र युवावर्गमा सकारात्मक विकास गराउनका लागि खरसाङ टेबल टेनिस एसोसिएसन (केटीटीए) गठन गरिएको छl केटीटीएका सदस्यहरु पनि नयाँ उर्जा लिएर प्रतियोगितामा सहभागी बनेका छन्l यस प्रतियोगितामा ट्रफीका साथमा नगद पुरस्कार राखिएको छl  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *