दोस्रो वनडेमा भारत ६ विकेटले पराजित

IMG-20230730-WA0189.jpg

३० जुलाईः वेष्ट इण्डिज विरुद्ध वनडे सीरीजको दोस्रो म्याचमा भारत ६ विकेटले पराजित भयो। यस जीतको साथै आयोजक वेष्ट इण्डिजले तीनवटा वनडे क्रिकेट म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। ब्रिजटाउनको केनिंग्स्टन ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै नियमित कप्तान रोहित शर्मा र सीनियर ब्याटर विराट कोहली बिना खेल्न ओर्लिने भारतीय टीम ४०.५ ओभरमा केवल १८१ रन बनाएर अलआउट भयो। ओपनर इशान किशन र शुभमन गिलले पहिलो विकेटको निम्ति ९० रनको पार्टनरशीप गरे पनि मीडलअर्डरको हताशाजनक ब्याटिंगले भारतलाई डुबायो। इशान किशनले ५५ बलमा सर्वाधिक ५५ रन (६ वटा चौका र एउटा छक्का) बनाए। यसबाहेक गिलले ३४, सूर्यकुमार यादवले २४ र शार्दुल ठाकुरले १६ रनको योगदान दिए। सञ्जु सेमसन ९ अनि अक्षर पटेल १ रन बनाएर आउट भए।

वेष्ट इण्डिजका बलरहरूमा गुडाकेश मोती र रोमारियो शेफर्डले ३-३ विकेट हासिल गरे।
जवाफमा वेष्ट इण्डिजले ८० बल बाँकी रहँदै ४ विकेट गुमाएर १८२ रनको लक्ष्यलाई हासिल गऱ्यो। प्लेयर अव् द म्याच रहने कप्तान शे होपले ८० बलमा अविजित ६३ रन (२ वटा चौका, २ वटा छक्का) रन बनाए। यसबाहेक केसी कार्टीले अविजित ४८ र काइल मेयर्सले ३६ रनको योगदान दिए। भारतीय बलरहरूमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट हासिल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *