३० जुलाईः खरसाङको हिल्स फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा शनिवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा खेलिएको पहिलो म्याचमा बिजनबारी भेटरन्सले घूम-जोरबंग्लो भेटरन्सलाई ४-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा मनजीत सिंह भेटरन्सले दार्जीलिङ भेटरन्सलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका खेलाड़ी राजालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी महिला फूटबल टुर्नामेण्टमा आयोजक हिल्स फूटबल एकाडमीले हिमाली बोर्डिंग स्कूललाई ४-१-ले पराजित गरी फाइनलमा स्थान बनायो। विजेता टीमकी प्रेरणा सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड भेटरन्स र महिला दुवै टुर्नामेण्टको फाइनल ६ अगस्तमा हुने हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले बताएका छन्।