दक्षिण सातालीमा सर्चलाइट वितरण

IMG-20220703-WA0148.jpg

कालचिनी: जल्दापाड़ा डिभिजन अन्तर्गत मन्थराम बीटको उपस्थितिमा आज दक्षिण सातालीमा प्रायः १०० वटा सर्चलाइट वितरण गरिएको जानकारी जेएफएमसी कमिटी सदस्य विनय नार्जीनारीले दिएका छन्। आज सो अवसरमा मन्थराम बीट अधिकारी राजीव चक्रवर्तीले जंगल संलग्न गाउँहरूमा हात्तीको उत्पातबाट बाँच्न सर्चलाइट वितरण गरिएको र अझै रहेको गाउँलेहरूलाई सर्चलाइट वितरण साथै सुरक्षाको सामग्री प्रदान गरिने जनाएका छन्। यता गाउँलेहरूले सर्चलाइट मात्र पाएर पर्याप्त नभएको हात्ती खेदाउन पटेका र बनकर्मीहरूको टहलदारी पनि गाउँमा चाहिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement