३० जुलाईः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा धजिया युनाइटेडले जूनियर ब्रदर्सलाई ६-१-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल २० अगस्तमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।