पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य अस्पतालमा भर्ती

pjimage-2020-12-09T172955.910-1024x683.jpg

हेर्न राज्यपाल पुगे

काेलकाता। गम्भीर रूपमा बिमार भएपछि अलीपुरको वूडल्याण्ड अस्पतालमा भर्ती पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई हेर्न राज्यपाल डा. सीवी आनन्द बोस पुगे। उनले चिकित्सकहरूसॅंग कुराकानी गरे तथा पूर्व मुख्यमन्त्रीकी पत्नी मीरा भट्टाचार्यसॅंग पनि भेट गरे। यसपछि मिडियासॅंग कुराकानी गर्दै राज्यपालले भने, पूर्व मुख्यमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उनी एक असल नेता थिए। मलाई निकै चिन्ता भइरहेको थियो। हामी निशि्ंचत छौ कि उनी चॉंडै निको भएर फर्किने छन्। म उनको सुस्वास्थ्यको निम्ति प्रार्थना गर्दछु।

उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जीले पनि बुद्धदेव भट्टाचार्य अस्पतालमा भर्ती भएपछि जानकारी लिएकी थिइन्।

About Author

Advertisement