कोरोनाभाइरस एलियनले फैलाएको भन्ने किम जोङ उनको अनौठो दाबी

Kim-Jong-Un

आफ्नो अनौठो कार्य र बयानहरुका कारण उत्तर कोरियाका राष्ट्राध्यक्ष किम जोङ उन सधैँ चर्चामा रहन्छन्। कोरोनाभाइरस बारे फेरि एकपटक उनको यस्तो बयान आएको छ जसको विश्वभर चर्चा भइरहेको छ। कोरोनाभाइरस एलियनले फैलाएको भन्ने दाबी किम जोङले गरेका छन्। किम जोङले भने, ‘देशमा पहिलो कोरोनाभाइरसको मामा पनि एलियनका कारण भेटिएको हो। दक्षिण कोरियासँग जोडिएको सिमानाबाट बेलुनमा एलियनले भाइरस फ्याँकेको हो। त्यसपछि देशमा कोरोनाभाइरसको संक्रमण फैलिएको छl’

उत्तर कोरियामा अप्रेलमा १८ वर्षीय सैनिक र ५ वर्षीय बालकले ‘एलियन जस्तो वस्तु’ छोएको अफवाह फैलिएको छ। त्यसपछि दुवैमा कोरोनाको लक्षण देखिएको थियो। तर, छिमेकी देश दक्षिण कोरियाले एलियन्सबाट फैलिएको सिद्धान्तलाई बकवास भनेको छ। सियोलका एक प्रोफेसरले किम जोङको दाबीमा विश्वास गर्न गाह्रो भएको बताउँछन् किनभने वस्तुहरूबाट भाइरस फैलिने सम्भावना धेरै कम हुन्छ। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार सरकारले सीमासँग जोडिएका क्षेत्रका लागि केही निर्देशन दिएको छ। सरकारले सिमाना नजिकै बसोबास गर्ने मानिसलाई हावाबाट आउने वस्तु बेलुन, एलियनजस्ता वस्तुबाट सचेत रहन भनेको छ। यदि कसैले यस्तो देख्यो भने पुलिसलाई खबर गर्न भनिएको छ।

करिब साढे दुई वर्षसम्म कोरोनाभाइरसबाट बाँचेको दाबी गरेपछि मई महिनामा कोरोनाभाइरस  सङ्क्रमणको घोषणा गरिएको थियो। अप्रेलको अन्त्यदेखि उत्तर कोरियामा करिब २० लाख मानिस रहस्यमय ज्वरोबाट पीडित थिए। १२ मईमा उत्तर कोरियाले आफ्नो देशमा पहिलो पटक कोरोनाभाइरस भेटिएको घोषणा गरेको थियो। यसपछि किम जोङले पूरै देशमा लकडाउन लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement