भाषा मान्यता दिवसको तयारीबारे गेजिङमा बैठक

IMG-20230729-WA0446.jpg

गेजिङ: ३२औं नेपाली भाषा मान्यता दिवस तयारीलाई लिएर पशिम सिक्किम साहित्य प्रकाशनको एक समन्वय सभा आज सम्पन्न भयो। गेजिङ जिल्लाको भ अतिथि भवनमा सम्पन्न सभाको अध्यक्षता सिक्किम औदोगिक बिकास निगमका अध्यक्ष जनक गुरुङले गरेका थिए। सभामा भाषा दिवस २०२३लाई बाल साहित्य रुपमा मनाउने निदो गर्दै, यस वर्ष गेजिङ परिसरका विभिन्न विद्यालयका प्राथमिक स्तरका बाल बालिकालाई साहित्य गोष्ठी गराउने र संगित अनि सांस्कृतिक क्षेत्रमा पनि लोक गित र लोक बाजाबादनमा नानीहरूलाई प्रतियोगितात्मक अन्तर विद्यालय कार्यक्रम गरिने प्रस्ताव पारित गरियो। उक्त दिन गेजिङ बजारमा जातिय एकता र सद्भावना कायम राख्न सिक्किमेली नेपाली, भोटिया र लेप्चा समुदायबाट झाँकी प्रस्तुत गरिने निर्णय लिएको छ। भाषा, साहित्य र संस्कृतीलाई झल्काउने यस सद्भावना कार्यक्म संगै बाल साहित्य माथी कलम चलाउने स्रष्टाहरुलाई सम्मन र अभिनन्दन संगै पुस्तक विमोचन गरिने भएको छ । यस बाहेक स्थानीय विभिन्न सामाजिक गैरसरकारी संस्थाहरुले पनि शोभा यात्रामा प्रतियोगितात्मक ढंगमा आफ्नो सहभागिता जनाउने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement