गान्तोक: अल्केमका संस्थापक सम्प्रदा सिंहको चौथो पुण्यतिथिको उपलक्ष्यमा लायन्स क्लब अफ रम्फबूको सहयोग समरदोङमा एक दिवसीय रक्तदान शिविर आयोजित गऱ्यो। नाम्ची जिल्ला अस्पताल र सिलगढी लायन्स तराई ब्लड ब्यांकको तर्फबाट तकनीकी अधिकारीहरुको विशेष सहयोग थियो। यस शिविरमा कुल ३५४ युनिट रक्त संकलन गरिएको थियो। ६८ युनिट रक्त नाम्ची जिल्ला अस्पताल ब्लड ब्यांकलाई प्रदान गरियो। हरेक वर्ष यस किसिमको शिविर आयोजना गर्दै आएको छ भने आउने दिनहरुमा पनि आयोजित गर्ने जानकारी प्राप्त भएको छ। अधिकारी र कर्मचारीहरूद्वारा रम्फू वरिष्ठ माध्यमिक विद्यालयमा वृक्षारोपण अभियानको आयोजना गरिएको थियो। जहाँ विध्यायर्थीहरुको सहयोगले ३०० वटा विभिन्न प्रजातिका बिरुवारोपण गरियो।