पद प्रतिष्ठा बिना पनि जनताको सेवा गर्न सक्छु- पासाङ लामा

IMG-20220703-WA0147.jpg

कालचिनी: गत ७ जुनको साँझ अलिपुरद्वार संसोधानागार गृहबाट जमानतमा मुक्त भएर आएदेखि समाजसेवी तथा पूर्व तृणमूल नेता पासाङ लामालाई तिनको समर्थकहरूले निरन्तर भेटवार्ता गर्ने सिलसिला जारी रहेको छ। यसै भेटघाटको क्रममा आज समाजसेवी पासाङ लामालाई तिनको पैतृक गाउँ बुखिमबारीमा त्यहाँका बासिन्दाहरूले भव्य स्वागत जनाएको थियो। गाउँमा तिनलाई नयाँ बेहुला सरह स्वागत गरिएको थियो भने बुखिमबारी गाउँमा पस्दा पासाङ लामाले प्रथमत स्वर्गीय डुवर्सश्री कवि इन्द्रबहादुर गुरुङको सालिकमा श्रद्धा सुमन अर्पण गर्दै त्यहाँ रहेको श्रमिक स्मृति सालिकमा पनि धुपदीप बालेको थियो।
तिनले गाउँको जम्मै मन्दिर, गुम्बा र चर्चमा पसेर दर्शन गर्न पछि नपरेको पनि देखिएको थियो भने सो क्रममा गाउँमा मणिपुर पैह्रोमा ज्यान गुमाएको शहीदहरूलाई श्रद्धाञ्जली दिन बनाईएको शहीद वेदीमा श्रद्धाञ्जली चढ़ाएको थियो।

सोही क्रममा गाउँले युवाशक्तिद्वारा प्राइमरी स्कूलमा राखिएको सम्वर्द्धना कार्यक्रममा तिनलाई भव्य स्वागत गरिएको थियो भने समाजसेवी पासाङ लामाको बाहुलीबाट यसपाली माध्यामिक र उच्च माध्यामिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई स्मृति चिह्न प्रदान गरेर उत्साह प्रदान गरिएको थियो। सो सम्वर्द्धना कार्यक्रममा सामेल भएको पासाङ लामाले डुवर्सका जनताहरू साह्रै सोझो रहेको तर डुवर्सले भने कुनै पनि सरकारबाट सम्मान नपाएकोले अब हामीले आफ्नो सम्मान खोज्नु जरुरी रहेको आह्वान गरेको थियो। यस क्रममा तिनले दलको निम्ति धेरै खटेको तर पनि आफ्नो सेवामा शायद त्रुटि रहेकोले मुद्दा खाएर जेल बस्न परेको तर अब भने पक्ष वा विपक्षमा जहाँ रहे वा नरहेता पनि जनताको सेवा गर्न नछोड़ने प्रतिबद्धता पनि जाहेर गरेको थियो। तिनले आगामी सेप्टेम्बरदेखि नयाँ तरीकाले काम गर्न मैदानमा ओर्लिने पनि संकेत दिएको थियो। यद्यपि ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीलाई आदर्श बनाएर काम गरिरहेको र जनताको आशिर्वाद साथ पाए दलमा आफू चाहे नबसोस तर जनताको निम्ति काम गर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement