सोनादा: पञ्चायत समिति सदस्य बबिन्द्र राई अनि पञ्चायत सदस्य दावा तामाङ अनि अन्य जागरुक युवा तथा सोनादावासीको सक्रियतामा आज सोनादा बजारमा सर-सफाई कार्य सम्पन्न गरियो। विशेष बर्खा याममा बुच्चिएको नाला, डल सफा गरी प्लास्टिक वेस्टलाई पनि आजको सफाई अभियान टोलीले व्यवस्थित तरिकाले सफाई गरेको छ। ‘हाम्रो सोनादा राम्रो सोनादा’ को मुहिम लिएर शुरु गरिएको उक्त सर सफाई अभियान गरिएको थियो।यस अन्तर्गत सोनादा बजार क्षेत्रमा व्यापक रूपमा सर सफाई कार्य गरिएको छ।

उक्त सर सफाई अभियान विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य बबिन्द्र राईले भने, हामीले हाम्रो सोनादा राम्रो सोनादाको परिकल्पना दिएर आज सर सफाई गरेका छौं र अब फेरि पनि यो नालीतिर मैला नफ्याँकिदिने अनुरोध गरेका गर्दछौं।’ बबिन्द्र राईले सरकारको सहयोग मात्र पर्खेर हुँदैन तर हामी आफै पनि अघि आउनुपर्छ भनी आह्वान् गर्दै सर सफाई अभियानमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।