सिलगढ़ी: फुलबारी क्षेत्रबाट पुलिसले २ जना तस्करलाई ५२ किलोग्राम अवैद्य गाँजासहित पक्राउ गरेको छ। आज दुवै जनालाई जलपाईगढी जिल्ला अदालतमा पठाएको छ। पक्राउ पर्ने दुई तस्करीहरू कोचबिहार निवासी बाबु बर्मन र उत्तरप्रदेश निवासी सुनील कुमार रहेको जनाएका छन्।
गोप्य सूचनाको आधारमा पुलिसले फुलबारीको आमाईदिघी क्षेत्रमा अभियान चलाउँदा एउटा हरियाणा नम्बरको ट्रक कन्टेनरमा लुकाएर राखेको ५२ किलोग्राम अवैद्य गाँजा उद्धार गर्दै उक्त दुई अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो। कोचबिहारबाट बिहारतर्फ उक्त गाँजा तस्करी गर्ने योजना रहेको जाँचमा थाह लागेको र यी दुवै अभियुक्त पहिलादेखि नै यस धन्धामा संलिप्त रहेको पुलिस सुत्रले जनाएका छन्।