कालचिनी: ड्रग्स विरोधी सचेतना कार्यक्रम गर्दै आज कालचिनी थानाको सहयोगितामा आर्ट अफ लिभिङ लगायत कालचिनी लाइफ वेलफेयर अर्गनाईजेशन, रेड क्रस सोसाइटी, अच्छापाड़ा डेभलपमेन्ट युथ क्लब, डुवर्स फुटबल एकाडेमी, युगान्तर परिवार, सेन्ट्रल डुवर्स युवा मञ्च आदि संस्थाहरूको संयुक्त पहलमा साइकल ऱ्याली सम्पन्न भएको जानकारी आर्ट अफ लिभिङको संयोजक रामकुमार लामाले दिएका छन्।
आज कालचिनी थाना गेटको परिसरबाट सो साइकल ऱ्यालीलाई कालचिनी थाना प्रभारी टीएन लामाले हरियो, नीलो झण्डा देखाएर प्रस्थान गराएको थियो। सो अवसरमा रामकुमार लामा लगायत कालचिनी लाइफ वेलफेयर अर्गनाईजेशनको विश्वजीत ब्यानर्जी, बिराज सरकार, बङ्गरत्न फूटबल लेडी भवानी मुण्डा एवम् अन्यान्यको उपस्थिति रहेको थियो। सो साइकल ऱ्यालीमा प्रायः ४० भन्दा अधिक वाईएलटीपी सदस्यहरू अनि स्कूले विद्यार्थीहरूको सहभागिता रहेको थियो। मूलतः नशाले समाज सोत्तर पारिसकेको अवस्था अनि वर्तमान युवा पीढ़ी अन्धकार बाटोमा गईरहेकोले हरेक संघ संस्थाहरू अनि जिम्मेदार नागरिक समाजले ड्र्ग्स विरोधी सचेतना गर्न आवश्यक रहेको बताउँदै आर्ट अफ लिभिङको आयोजनामा आगामी बर्षभरि यस्तो कार्यक्रम चलिरहने रामकुमार लामाले जनाएका छन्। कुलतमा परेर धेरै युवाहरू फर्किसकेको र अझै धेरैलाई जीवन जिउने कला मार्फत एवम् तिनीहरूमा भएको कलालाई बाहिर निकालेर त्यसमा केन्द्रित गर्न सकिए अवश्यै ड्र्ग्सको कुलतबाट युवा पीढ़ीलाई जोगाउन सक्ने आर्ट अफ लिभिङको संयोजक रामकुमार लामाले दाबी गरेका छन्।










