खरसाङ: सूर्या फाउण्डेशनद्वारा बाघमारा बस्ती साथै स्थानीय मानिसहरूको सहभागितामा वृक्षरोपण कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा खरसाङका क्षेत्र प्रमुख कमल दाहालको विशेष रूपमा उपस्थिति रहेको थियो।
बाघमारा बस्तीको बाल संस्कार केन्द्रको शिक्षक योगेन्द्र छेत्रीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम क्षेत्र प्रमुख मणिकमल दाहालले वृक्ष रोपणको औचित्यबारे प्रकाश पार्दै सूर्य फाउण्डेसनको चेयरमेन पद्मश्री प्रापक जयप्रकाश अग्रवाल साथै वृक्ष रोपणको बिरूवा उपलब्ध गराईदिनु हुने खरसाङका विधायक बीपी बजगाईलाई धन्यवाद दिएका छन्। ग्रामवासीको पक्षमा बोल्दै पूर्व शिक्षिका मनकुमारी लिम्बुले पर्यावरणलाई जोगाउन रूखका बिरूवाहरू रोप्न अति अवश्यक रहेको बताउँदै सम्पूर्ण गाउँको पक्षबाट सूर्य फाउण्डेसनका टोली साथै स्थानीय मानिसहरूलाई धन्यवाद दिएका छन्। यसको साथै फाउण्डेसनको पक्षबाट योगेन्द्र छेत्री अनि कमल दाहालले गाँउलेहरूलाई दुई दुईबाट बिरूवा भेट स्वरूप दिएका छन्।