खरसाङ: खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई खरसाङ महकुमा शासकको पहलमा लगातार रूपमा जनतालाई सचेत गराउने कार्य भईरहेको छ। यसै क्रममा आज अन्तिम सचेतना रैली खरसाङ महकुमा शासक कार्यालयको पहलमा सम्पन्न भएको छ। यस क्रममा आज पनि सदाको झैं खरसाङ रेलवे स्टेशन परिसरबाट सचेतना रैलीको आयोजना गरिएको थियो। उक्त सचेतना रैली खरसाङ महकुमा शासक कार्यलय, खरसाङ नगरपालिका, सूचना अनि सांस्कृतिक विभाग, वन विभाग आदिको सहभागितामा सम्पन्न गरिएको छ। उक्त रैलीले खरसाङ बजार परिक्रमा गरेको थियो। यस सचेतना रैलीमा खरसाङ महकुमा शासक कार्यालयको पदाधिकारीहरू, खरसाङ नगरपालिका, खरसाङ बजार क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, वरिष्ठ नागरिकहरू सामेल भएका थिए। उक्त रैलीपछि सम्पन्न पथ सभामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले सम्बोधन गर्दै खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई विभिन्न कुराहरू बताएका थिए। उक्त सचेतना रैली विषयमा पत्रकाहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई अन्ति सचेतना रैली खरसाङ महकुमा शासकको पहलमा अनि सबैको सहभागितामा सम्पन्न भएको बताएका छन्। उनले सबै खरसाङवासीलाई बाँदरको रगरगी रोक्नलाई मैलाहरू जताभावी नफ्याँक्ने अनि बाटोहरूतिर पसल फिँजाएर नबस्ने निवेदन गरेका छन्। उनले यसरी सम्झाउँदा पनि मैला बाटोतिर जताभावी फ्याँक्ने गरेको र बाटोतिर फसल थापेको पाइए कानुनी कार्वाही पनि गरिने बताएका छन्।