१७ को गोर्खाल्याण्ड आन्दोलन हाम्रै नेतृत्व भनौदाहरूले लथालिङ बनाएको हो: रवि दियााली

e45f193b-e437-41a0-81c2-60ebb42eb8c4



दार्जीलिङ: फते हुन लागिसकेको गोर्खाल्याण्डको आन्दोलनलाई हाम्रै नेतृत्व भनौदाहरूले लथालिङ भताबुङ बनाएका थिए यो मन्तब्य हाम्रो पार्टीको दिल्ली चीफ कोअर्डिनेटर रवि दियाालीले पोखेका हुन। छुटटै राज्य गोर्खाल्याण्डको मांगप्रति सरकारको ध्यान आकर्षण गर्न आज गोर्खाल्याण्ड संयुक्त संधर्ष समितिले दिल्लीको जन्तर मन्तर मैदानमा धरना प्रदर्शनको कार्यक्रम गरेका थिए। दुई दिवसीय धरना प्रदर्शनको आज पहिलो दिनको कार्यक्रमलाई हाम्रो पार्टीको दिल्ली शाखा चीफ कोअर्डिनेटर रवि दियालीले सम्बोधन गर्ने क्रममा गत २०१७ को गोर्खाल्याण्ड आन्दोलनले चरण रूप धारण गरिसकेका थिए तर पहाडको दुई चार जना नेतृत्व भनौदाहरूले फते हुन लागिसकेको गोर्खाल्याण्डको आन्दोलनलाई लथालिङ भताबुङ बनाए।

तिनले अझ भने मलाई भन्न दुख लाग्छ दिल्लीको यो जन्तर मन्तरको मैदानमा हामीले छुटटै राज्य गोर्खाल्याण्डको बारम्बार उठाउँदै आइरहेका छौँ तर आजसम्म हाम्रो मांगलाई सरकारले सुनाई गरेको छैन। सरकार समक्ष हामीले छुटटै राज्य गोर्खाल्याण्डको मांग विषय लिएर दस्तावेजहरू पनि सुम्पिसकेका छौँ तर पनि हाम्रो मांगलाई सरकारले अनदेखा गर्दै आइरहेको छ। हाम्रो मांगको संदर्भमा जाने स्थान र मांग ठाउँहरूमा मांग्दै आई रहेका छौ तर पनि आजसम्म हाम्रो आवाजलाई कसैले सुनी दिएको छैन,देशको प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनेकै हो तर आजसम्म मोदीको सपना विपनामा परिणत भएको छैन दियालीले भने।तिनले अधि भने छुटटै राज्य गोर्खाल्याण्ड गठनको आशामा हामीले भारतीय जनता पार्टी अहिलेसम्म तीन तीनवटा सांसदहरू दिइसकेका छौँ। केन्द्रमा अहिले भाजपा बहुमतको सरकार छ तर पनि केन्द्रको भाजपा सरकारले गोर्खाहरूलाई न्याय दिएको छैन। छुटटै राज्य गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा हाम्रो धेरै सन्तानहरूले प्राणको आहुति दिइसकेको छ तर आजसम्म त्यसको कुनै मूल्याङ्कन हुन सकेको छैन।

गत २०१७ को गोर्खाल्याण्ड आन्दोलन फते हुन लागिसकेको थियो तर पहाडको हाम्रै नेतृत्व भनौदाहरूले लथालिङ भताबुङ बनाए,यो हामी सवैलाई थाहाँ भएकै विषय हो दियालीले भने। गोर्खाल्याण्ड भन्दा कान्छो मांगहरूलाई सरकारले न्याय दिइसकेको छ तर गोर्खाहरूलाई न्याय दिनु सरकारले किन विलम्ब गर्दैछ भन्दै हाम्रो पार्टीको चीफ कोअर्डिनेटर रवि दियालीले प्रश्न तेर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement