खरसाङमा टेबल टेनिस टुर्नामेन्ट हुने

IMG-20230729-WA0393.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको अायोजनामा आईतबारदेखि टेबल टेनिस टुर्नामेन्ट खेलाइने भएको छ। यसको लागि शनिवार खरसाङको सन्त अल्फन्सेस विद्यालयमा टेबल टेनिस टुर्नामेन्टको लागि सबै तयारी पूरा गरिएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, टेबल टेनिस टुर्नामेन्टको संयोजक बिजय राई लगायत अन्य सदस्यहरू खेल परिसरमा पुगेर टेबल टेनिस टुर्नामेन्टको लागि सबै तयारी पूरा गरिएको छ। यो टुर्नामेन्ट भोलि आईतबार बिहान 9 बजेदेखि खेलाइने भएको छ।

उक्त टुर्नामेन्ट तीनवटा क्याटोगरीमा खेलाइने भएको छ जसमा मेन्स डबल, गर्ल्स डबल र बोइस अण्डर १७ रहेको छ। यसै टुर्नामेन्टमा खरसाङ महकुमा स्तरीय टेबल टेनिस खेलाड़ी गौतम छेत्रीलाई पनि सम्बर्ध्दना जनाइने कार्यक्रम रहेको छ। यस टेबल टेनिस टुर्नामेन्ट विषयमा टुर्नामेन्टको संयोजक बिजय राईले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement