सिलगढीः सफाई कर्मचारीको विभिन्न मागलाई लिएर सिलगढीमा बैठक बस्दैछ। सो बैठकमा अखिल भारतीय सफाई मजदूर कांग्रेसका राष्ट्रिय महासचिव सोहन सिंहको उपस्थिति रहनेछ। शनिबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा संगठनका सदस्यहरूले यस्तो बताएका हुन्। तलब बृद्धि, विभिन्न सुविधा लगायतका विभिन्न मागहरूका लागि लामो समयदेखि आन्दोलनरत रहेको सङ्गठनका सदस्यहरुले बताएका छन्। तर आन्दोलनबाट कुनै समाधान निस्किएन। जसका कारण उनीहरूले आइतबार सिलगढीमा बैठक आयोजना गर्न लागेका हुन्। बैठक सिलगढीको टिकियापारा क्षेत्रमा हुने भएको छ जहाँ अखिल भारतीय सफाई मजदूर कांग्रेसका राष्ट्रिय महासचिव सोहन सिंह उपस्थित रहनेछन्।