सिलगढी: बिधान मार्केट व्यापारी संघ द्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना सिलगढीमा गरिएको थियो। शनिबार बिहानदेखि साँझ ४ बजेसम्म स्वास्थ्य शिविर समपन्न गरिएको थियो। शनिबार सिलगढी बिधान मार्केट कमर्शियल कमेटी हलमा स्वास्थ्य शिविर आयोजना गरिएको बताइएको छ।

स्वास्थ्य शिविरमा हैदराबादका प्रवीण रेड्डी र राघवपुरमका प्रख्यात चिकित्सकहरूले भाग लिएका थिए। स्वास्थ्य शिविरमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो।