कोलकातामा फेरि डेङ्गूले मृत्यु, मृतकहरूको संख्या भयो आठ

00-1-Rajya-Samachar-21

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा डेङ्गूले अझ एक व्यक्तिको मृत्युको मामिला अघि आएको छ। एक ४३ वर्षीय महिलाको राजकीय एमआर बांगुर अस्पतालमा मृत्यु भएको छ। मृतकको नाम अणिमा सरदार बताइएको छ।

शुक्रवार उसको मृत्यु भयो। शनिवार अस्पतालद्वारा जारी प्रमाणपत्रमा उसको मृत्युको कारण डेङ्गू उल्लेख गरिएको छ। अणिमाको मृत्युका साथै डेङ्गूले मर्नेहरूको संख्या बढेर आठ पुगेको छ।

राज्य स्वास्थ्य विभागका एक अधिकारीले भने, हाल राज्यभरि संक्रमितहरूको संख्या चार हजार छेउ रहेको र यो संख्या लगातार बढिरहेको छ। मृतकहरूको संख्या पनि बढिरहेको छ। चिन्ताजनक कुरा, जुलाई महिनामा विगतका वर्षहरूको तुलानामा धेरै कम पानी परेको छ। तरै पनि डेङ्गू संक्रमणको मामिला चिन्ताको कारण बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement