पञ्चायत चुनाउमा विजयी तृणमूल उम्मेदवारको गोली हानेर हत्या

00-1-Rajya-Samachar-21

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउ समाप्त भए तापनि राजनीतिक हिंसा अझै पनि रोकिएको छैन। दक्षिण २४ परगनाको मोगराहाट पूर्व ग्राम पञ्चायतको अर्जुनपुर क्षेत्रमा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका विजयी उम्मेदवारको गोली हानेर हत्या गरिएको छ। मृतकको नाम मैमुर घोरामी बताइएको छ। शुक्रवार राति उनको गोली हानेर हत्या गरियो।

यस अतिरिक्त उनका छिमेकी शाहजहॉं मोल्ला पनि फाइरिङमा घाइते भएका छन्। शाहजहॉं घोरामीलाई बचाउन गएका थिए। यसावधि अपराधीहरूले उनीमाथि पनि गोली चलाए। गम्भीर स्थितिमा उनलाई अस्पतालमा भर्ती गरिएको छ। यस घटनापछि शनिवार बिहानदेखि क्षेत्रमा तनाउको स्थिति छ।

परिवार अनुसार, शुक्रवार राति काम समाप्त गरेर उनी घर फर्किरहेका थिए। घरदेखि केही टाडा अज्ञात बाइक सवारहरूले उनीमाथि गोली चलाए। हमलावरहरूले अन्धाधुन्ध फाइरिङ गरिरहेका थिए जसको आवाज सुनेर मैमुरलाई बचाउन शाहजहॉं गएका थिए र उनलाई पनि गोली लाग्यो।

यसपछि आक्रमणकारीहरू भागे। घाइते अवस्थामा मैमुर र शाहजहॉं दुवैलाई अस्पताल पुऱ्याइयो, जसपछि चिकित्सकहरूले मैमुरलाई मृत घोषित गरिदिए। शाहजहॉंको उपचार चलिरहेको छ। यसको पछाडि कुनै राजनीतिक कारण छ वा छैन, यसमाथि जॉंच गरिॅंदैछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement