कोलकाताः पश्चिम बंगालमा चुनावी हिंसाको क्रम रोकिने नाम लिएको छैन। नदिया जिल्लामा पञ्चायत चुनाउको निम्ति निर्दलीय चुनाउ लड्ने उम्मेदवारका समर्थकलाई घरमा बोलाएर निर्मम हत्या गरिएको छ।
घटना जिल्लाको नक्काशीपाडा क्षेत्रको हो। मृतकको नाम ४५ वर्षीय खबीर शेख बताइएको छ। हत्याको आरोप सत्ताधारी पार्टी तृणमूल कांग्रेसका कार्यकर्ताहरूमाथि लागेको छ।
पीडित परिवार अनुसार, शुक्रवार सॉंझ उनी परिवारसॅंग भोजन गरिरहेका थिए। त्यही समय केही मानिसहरू आए अनि उनलाई बोलाएर लिएर गए। निकै समयसम्म उनी फर्किएर नआएपछि परिवारका सदस्यहरू खोज्न गए।
अबेर राति घरदेखि केही पर उनलाई गम्भीर स्थितिमा भेटियो। उनलाई तत्काल अस्पताल पुऱ्याइयो, जहॉं चिकित्सकहरूले मृत घोषित गरिदिए। परिवारले निर्दलीय उम्मेदवारको समर्थन गरेकोमा उनको हत्या गरिएको आरोप लगाएका छन्।
-हिस