सिलगढीः चर्चित गायक किशोर कुमारको जन्मदिनको अवसरमा सिलगढीमा ‘एक शाम किशोर डाके नाम’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम किशोर कुमार फ्यान्स फोरएभर क्लबले आयोजना गरेको हो । शनिबार किशोर कुमार फ्यान फोरएभर क्लबका सदस्यहरूले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । किशोर कुमार फ्यान फोरएभर क्लबका सदस्यहरूले शनिबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरे। महान् संगीतकार किशोर कुमारको जन्मदिनको अवसरमा उत्तर बंगाल विश्वविद्यालयको रवीन्द्र भानु मञ्चमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको संगठनको उत्तर बंगाल शाखाका सचिव विश्वास चक्रवर्तीले जानकारी दिए । कार्यक्रम ४ अगस्त साँझ ७ बजे सुरु हुनेछ। कार्यक्रमबाट संकलित रकम विभिन्न स्वैच्छिक संघसंस्थामार्फत सामाजिक कार्यमा खर्च गरिनेछ।