बंगलादेशबाट अवैध रुपमा भारत प्रवेश गरेको आरोपमा एक युवक पक्राउ

15921acb-8861-48a2-b385-a4952e8967b2

सिलगढी : बंगलादेशबाट अवैध रूपमा भारत प्रवेश गरेका एक युवकलाई गाउँलेहरूले रंगेहात पक्राउ गरेका छन् । घटनापछि गत साँझ सिलगढी महकुमा परिषद अन्तर्गत फाँसीदेवा ब्लकको चथट क्षेत्रको भीमगञ्ज गाउँमा भारी तनाव देखिएको थियो। स्थानीयले एक युवकलाई शंकास्पद अवस्थामा घुमिरहेको देखेको बताइएको छ। त्यसपछि शंका लागेर सोधपुछ गरे । यसबारेमा फाँसीदेवा थानालाई खबर गरिएको थियो । पुलिस आएर ती युवकलाई थानामा ल्याए । त्यसपछि पुलिसले सोधपुछ गर्न थालेपछि युवकको नाम मोहम्मद सरिफ हुसेन (२८) रहेको थाहा भयो । उनी बंगलादेशको कुमिल्ला जिल्लाको केबसमंगल गाउँका बासिन्दा हुन्। आरोपीलाई आज सिलगढी डिभिजनल कोर्टमा पठाइएको छ। तर ती युवक कसरी बंगलादेशबाट खोला तरेर भारत गएका थिए र यसमा अरु को–को संलग्न छ भन्नेबारेमा फाँसीदेवा पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ । ती युवक सात दिनअघि बंगलादेशबाट भारत आएको बताइएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement