कोलकाताः कोलकाता स्टुडेन्ट कल्चरल फोरमले शनिबार कोलकाताको नेबुतलाबजारमा ईश्वर चन्द्र विद्यासागरको १३३औँ पुण्यतिथि मनाएको छ। कार्यक्रममा आयोजक तथा सर्वसाधारणले ईश्वरचन्द्र विद्यासागरको तस्बिरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका वरिष्ठ अधिकारीले ईश्वरचन्द्र विद्यासागरको जीवनी र उपलब्धिबारे प्रकाश पारेका थिए।