सिलगढी: दार्जीलिङ जिल्ला योग खेल संघको दार्जिलिङ जिल्ला समितिद्वारा दार्जिलिङ जिल्ला योग च्याम्पियनशिप आयोजना गरिएको छ। च्याम्पियनसिपको उद्घाटन नगरनिगमका खेलकुद विभागका मेयर दिलीप बर्मनले दिप प्रज्वलन गरी गरेका थिए।
योगा च्याम्पियनसिप शनिबार सिलगढीको प्रधान नगर क्षेत्रस्थित नबाङ्कुर संघको हलमा आयोजना भएको थियो। सिलगढी नगरपालिका खेलकुद विभागका मेयर काउन्सिल दिलीप बर्मनले दीप प्रज्वलन गरी च्याम्पियनशिपको उद्घाटन गरे।

यस अवसरमा सिलगढी महकुमा परिषद अधिकारी क्याप्टेन नलिनी रञ्जन राय, दार्जिलिङ जिल्ला योगासन खेल संघका सचिव शिव हाजरा र संघका अन्य अधिकारीहरू पनि उपस्थित थिए। यो च्याम्पियनसिपलाई ९ देखि १३, १४ देखि १८ र १९ देखि २८ वर्षसम्म तीन विधामा विभाजन गरिएको छ। परम्परागत, कलात्मक एकल, कलात्मक जोडी र रिदमिक जोडी गरी कुल चार कार्यक्रम हुनेछन्।