खरसाङमा टेबल टेनिस प्रतियोगिता ३० जुलाईमा

IMG-20230729-WA0324.jpg

२९ जुलाईः सालैभरि आफ्नो क्यालेण्डर अनुसार आउटडोरको साथमा इण्डोर प्रतियोगिताहरूको आयोजन गर्दै आएको खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आइतवार (३० जुलाई) टेबल टेनिस प्रतियोगिताको आयोजन गरिनेछ। प्रतियोगितामा तीनवटा वर्ग (अण्डर-१७ बोइज, गर्ल्स ओपन र मेन्स ओपन) सामेल गरिएको छ। केजीएसए-को क्यालेण्डरमा यो तेस्रो इण्डोर इभेण्ट हुनेछ। यसअघि एसोसिएशनले ब्याडमिण्टन र क्यारम प्रतियोगिताको पनि आयोजन गरेको थियो। टेबल टेनिस प्रतियोगिताका संयोजक विजय राईले बताएअनुसार, सबै वर्गमा हिस्सा लिने प्रतियोगीहरूका निम्ति भोजनको बन्दोबस्त गरिनेछ। यसको साथमा मेन्स ओपन वर्गमा नगद पुरस्कार पनि प्रदान गरिनेछ। एसोसिएशनले टेबल टेनिस प्रतियोगिताको समापनपछि दुईवटा आउटडोर प्रतियोगिता (इण्डिपेण्डेन्स डे फूटबल र म्याराथन)-को पनि आयोजन गर्ने केजीएचएसए-का महासचिव निर्मल गुरुङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement