कोलकाता: सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालका भाजपा सांसदहरूसँग बैठक गर्नेछन्। वास्तवमा, सोमबारदेखि १० अगस्तसम्म प्रधानमन्त्री मोदीले विभिन्न राज्यका भाजपा सांसदहरूसँग भेटघाट गर्न लागेका छन्। यस अवधिमा प्रधानमन्त्रीले विभिन्न चरणहरूमा एनडीएका कूल ४३० लोकसभा र राज्यसभा सांसदहरूसँग भेट गर्नेछन्। बैठकको पहिलो दिन अर्थात सोमबार बंगालबाट सुकान्त मजुमदार र दिलीप घोषलगायत भाजपाका अन्य सांसदहरूलाई बोलाइएको छ। यस बैठकमा प्रधानमन्त्रीका अलावा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र सडक यातायात मन्त्री नितिन गडकरी पनि सहभागी हुन सक्नेछन्। श्रोतका अनुसार बैठकमा लोकसभा चुनावको तयारीका साथै एनडीएका गठबन्धनहरुबीचको सहकार्य र समन्वयका विषयमा पनि छलफल हुने बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिनाको अन्त्यसम्म पश्चिम बंगाल आउन सक्नेछन्। प्रधानमन्त्रीको बंगाल भ्रमण उनको कार्यतालिका अनुसार तय हुनेछ।