नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा)ले शनिबार केन्द्रीय पदाधिकारियहरूको सूची जारी गऱ्यो। यस सूचीमा पुराना अनुहारहरूसितै केही नयाँ नेताहरूलाई पनि सामेल गरिएको छ जसमा तेलङ्गानाका प्रदेश अध्यक्ष रहिसकेका सञ्जय बंदी र राधामोहन अग्रवाल सामेल छन्। यी दुवैलाई नै महासचिव बनाइएको छ। केन्द्रिय पदाधिकारीहरूको नयाँ सूचीअनुसार राष्ट्रिय उपाध्यक्षहरूमा रमण सिंह, वसुन्धरा राजे, रघुवर दास, सौदान सिंह, सरोज पाण्डेय, रेखा वर्मा, डीके अरूण, एम चौबा, अब्दुल्ला कुट्टी, लक्ष्मीकान्त वाजपेयी, लता उसेंडी र तारिक मन्सूर सामेल छन्। राष्ट्रिय महामन्त्रीको सूचीमा अरूण सिंह, कैलाश विजयवर्गीय, दुष्यन्त कुमार, तरूण चुग, विनोद तावड़े, सुनील बन्सल, सञ्जय बंदी, राधामोहन अग्रवाल सामेल छन्।
यसरी नै बीएल सन्तोषलाई राष्ट्रिय महामन्त्री (संगठन) नियुक्त गरिएको छ भने सहसंगठन महामन्त्री शिवप्रकाशलाई नियुक्त गरिएको छ। राष्ट्रिय सचिवको सूचीमा विजया राहटकर, सत्या कुमार, अरविन्द मेनन, पङ्कजा मुण्डे, नरेन्द्र सिंह रैना, अल्का गुर्जर, अनुपम हाजरा, ओमप्रकाश धुर्वे, ऋतुराज सिंहा, आशा लकड़ा, कामख्या प्रसाद, सुरेन्द्र सिंह, अनिल अंटोनीलाई सामेल गरिएको छ। राजेश अग्रवाललाई कोषाध्यक्ष र नरेश बन्सललाई सहकोषाध्यक्ष बनाइएको छ। -हिस